Perfect Marriage Life Transforms You to Spirituality

Perfect Marriage Life Transforms You to Spirituality

गृहस्थी (वैवाहिक) र सन्यासी (आध्यात्मिक) जीवनको पूर्णताको पहिलो उत्क्रांतिको सुरुवात

गृहस्थी (वैवाहिक) जीवनलाई 

सुन्दर र शानदार बनाउनु छ भने…

 क्रान्तिको सुरुवात किचनबाट गर्नुहोस् ।

 

सन्यासी (आध्यात्मिक) जीवनलाई 

परम शिखरसम्म पुर्‍याउनु छ भने…

  उत्क्रांतिको सुरुवात नाभिबाट गर्नुस् ।

 

उत्क्रांति=उत्तम उर्दुगामी एवं पूर्णता तर्फ अग्रसर आध्यात्मिक प्रवृत्ति

  1. यदि तपाईँले… आफ्नो गृहस्थ जीवनलाई सुन्दर… र शानदार बनाउनु छ भने… गृहस्थी जीवनको पहिलो क्रान्ति किचनबाट नै गर्नुपर्ने हुन्छ। 
  2. तपाईँको गृहस्थ जीवनको कता जाँदैछ… र भविष्य कस्तो हुँदै जानेछ  भन्ने …कुराको निर्धारण तपाईंको किचनबाट नै… दूरदर्शन गर्न सकिन्छ… अर्थात् अनुमान लगाउन सकिन्छ। 
  3. तपाईँको किचनमा कतिको स्वस्थकर भोजन बन्दछ…?,

तपाईँको किचनमा कस्तो प्रकारको भोजन बन्दछ…?,

कति स्वस्थकर तरिकाबाट  भोजन तयार गर्नुहुन्छ…?, 

तपाईँको भोजन तामासिक, राजसिक, अथवा सात्विक कस्तो बन्दैछ…?,

 वैज्ञानिक दृष्टिकोणबाट तपाईंको भोजन कतिको स्वास्थ्यको लागि उपयोगी छ…?,

 के तपाईँले समय सापेक्ष भोजन गरिरहनुभएको छ…?, 

अनि भोजन बनाउने व्यक्ति कस्तो छ  ?

 

  1. तपाईँको गृहस्थ जीवनको मुख्य स्तम्भ भनेको… तपाईंको स्वास्थ्य एवं शारीरिक सामर्थ्य  हो…
  2.   त्यसकारण  स्वास्थ्य र शारीरिक सामर्थ्यलाई… तपाईंले कायम राख्न सक्नुभएन भने  तपाईंको गृहस्थ जीवन… डामाडोल हुने सम्भावना बढ्दछ।
  3. तपाईँको भोजन वैज्ञानिक रुपमा… सम्पूर्ण शारीरिक आवश्यकता… परिपूर्ति गर्ने खालको पौष्टिक तत्त्वले भरिपूर्ण हुनुपर्छ … सम्पूर्ण भिटामिन, मिनरल्स,  प्रोटिन,  कार्बोहाइड्रेट, एवं फ्याट्स… सबै सन्तुलित मात्रामा मिलेको हुनुपर्छ…।
  4. स्थूल रूपमा… शारीरिक इन्धन भनेको नै भोजन हुन जान्छ…। त्यसकारण… तपाईंको उच्चस्तरीय गुणात्मक भोजनले नै… शरीर ऊर्जालाई उच्चस्तरमा राख्दछ 
  5. जब शारीरिक ऊर्जाको स्तर उच्च हुन्छ… तब मात्र उन्नति प्रगति  गरी पारिवारिक रूपमा खुसी रहन सकिन्छ…।  
  6. यदि… शारीरिक ऊर्जाको अभावमा भएको खण्डमा…सम्पूर्ण शरीरमा स्वतः… शारीरिक खिन्नता, असन्तुष्टि र तनाव  व्याप्त हुन जान्छ। 
  7.  धेरै लामो  समयसम्म  शारीरिक खिन्नता, असन्तुष्टि र तनाव  व्याप्त भएमा  यही असन्तुष्टि मानसिक रुपमा हावी हुने गर्दछ र 
  8. Biological stress of long duration Convert into psychological stress.
  9. त्यसकारण यदि मानसिक गम्भीर रोगबाट बस्नु छ भने सर्वप्रथम शारीरिक रोगबाट आफूलाई बचाउनुपर्छ 
  10. यदि तपाईँको भोजनमा… तामसिक प्रवृत्तिको भोजन बढी छ भने… तामसिक प्रवृत्ति तपाईँमा… हावी हुन जान्छ… तपाईंको जिन्दगी पनि… तमगुण प्रधान भएर…   व्यतीत  हुन जान्छ। 
  11. के तपाईँको आलस्यताको कारणथाहा छ…?  त्यसको मुख्य कारण हो तपाईँले ग्रहणगर्नुभएको भोजन… निद्रा  बेहोशी ल्याउने… र उत्तेजना वृद्धि गर्ने एवं मतिभ्रम को स्थिति उत्पन्न गर्ने…  यस्तो आहार तामसिक प्रवृत्ति अन्तर्गत पर्दछ…  जस अन्तर्गत…  माङसाहार एवं मध्यपान जस्ता…   नशिलो पदार्थ मुख्य रूपमा पर्दछन्…  तर बासी भोजन… , अति नुनिलो… ,  अति पिरो… ,  शरीरलाई अत्यन्त उत्तेजित गर्ने… , भोजन पनि तामासिक भोजन अन्तर्गत नै पर्दछन्। प्याज र लसुन…  शाकाहारी भोजन भए तापनि…   यसको प्रभाव तामासिक नै…  पर्ने गर्दछ। सात्विक भोजन पनि…  अति पकाइएमा…  या तेलमा तारेर पकाइएको खण्डमा…  तामसी गुणले युक्त हुनपुग्छ ।

 

  1. भोजनलाई केवल…… भोक मेटाउने साधनको रूपमा मात्र… उपयोग गर्दै हुनुहुन्छ भने…  तपाईं बिल्कुलै गलत हुनुहुन्छ…  किनकि यसले तपाईंको जीवन निर्धारण गर्दछ। आयुर्वेद अनुसार… तामासिक भोजनको प्रभावबाट… मन सुस्त , भारीपन एवं  अन्योलग्रस्त प्रभाव पर्दछ…। भोजनले केवल मनुष्य शरीर… पोषण मात्र गर्ने हैन… यसले त प्रोग्रामिङ समेत गर्दछ…अर्थात् तपाईँको स्वभावमा पनि…  परिवर्तन गर्दछ… । आधुनिक वैज्ञानिक अनुसन्धानले पनि…  तामसिक प्रवृत्तिको भोजनहरूमा…  गरिएको धेरै प्रयोग परीक्षण अनुसार…  यही निष्कर्ष आएको छ

 यातयामं गतरसं पूति पर्युषितं च यत्।

उच्छिष्टमपि चामेधयं भोजनं तामसप्रियम् ॥10॥

यात-यामम् बासी भोजन; गत-रसम्–स्वाद गइसकेको; पूति-दुर्गन्धयुक्त; पर्युषितम्-प्रदूषित; च-पनि; यत्-जो; उच्छिष्टम्-जुठो भोजन; भोजन-आहार; अपि-पनि; च-र; अमेध्यम्-अशुद्ध; भोजनम-भोजन; तामस-तमोगुणी व्यक्ति को; प्रियम्-प्रिय।

BG 17.10: अधिक पके हुए, बासी, सड़े हुए, प्रदूषित तथा अशुद्ध प्रकार के भोजन तमोगुणी व्यक्तियों के प्रिय भोजन हैं।

अधिक मात्रामा पकाइएको, बासी, सडेगलेको, प्रदूषित एवं अशुद्ध प्रकारको भोजन तमगुनी व्यक्तिको लागि प्रिय हुन जान्छ। अर्थात् जो यस प्रकारको भोजन ग्रहण गर्दछन्  उनीहरु तामसिक प्रवृत्तिमा  बाँधिएर रहन्छन् या भनौँ जो तामसिक प्रवृत्तिमा लिप्त रहन्छन्  उनीहरु यस्तो भोजन जानी अन्जानी गर्दछन्। तामासिक प्रवृत्तिको भोजन ग्रहण पश्चात शारीरिक आलस्यता र मानसिक बेचैनीको साथमा गहिरो असन्तुष्टि र छटपटाहट अनुभूति हुन्छ 

 

  1. के तपाईँलाई थाहा छ…?  केवल भोजनको माध्यमबाट नै…  तपाईंको खुसी प्रसन्नता… एवं मानसिक शान्ति कायम रहन्छ भन्दा… तपाईँलाई अचम्म लाग्न सक्छ… । तर वास्तविकता यही रहेको छ…। आध्यात्मिक उन्नति चाहने… आत्मा साक्षात्कारको मुमुक्षु साधक … एवं साधना मार्ग सफलता चाहने… साधकहरूको लागि… योगशास्त्रो एवं साधना ग्रन्थमा… अन्तःकरण पवित्र एवं परिष्कृत गर्नको लागि… सात्विक आहार ग्रहण गर्नका लागि… निर्देश गरिएको पाइन्छ ।भगवान श्रीकृष्णले गीतामा उल्लेख गर्नुभएको छ। 

आयुः सत्त्वबलारोग्यसुखप्रीतिविवर्धानाः।

रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः ॥8॥

आयु-सत्त्वः-आयु वृद्धि; बल-शक्ति; आरोग्य स्वास्थ्य; सुख-सुख; प्रीति–संतोष; विवर्धनाः-वृद्धि; रस्याः-रसले युक्त; स्निग्धाः-सरस, स्नेहपूर्ण, चिल्लो; स्थिरा:-पौष्टिक; हृद्याः-हृदय को राम्रो अनुभूति दिनेवाला आहारा:-भोजन; सात्त्विक-प्रिया सत्वगुणी को प्रिय हुने।

 

सात्विक प्रवृत्तिको व्यक्तिहरू यस्तो भोजन मन पराउँछन् जसले आयु, सद्गुण,  शक्ति,  स्वास्थ्य, प्रसन्नता  एवं सन्तोष  वृद्धि गर्दछ सात्विक भोजन रसिलो,  मधुर रसयुक्त,  पौष्टिकतापूर्ण एवं प्राकृतिक रूपले नै स्वादिष्ट हुन्छ। सात्विक प्रवृत्तिको भोजन ग्रहण पश्चात शारीरिक स्फूर्ति र मानसिक शान्तिको साथमा गहिरो सन्तुष्टि प्राप्त हुन्छ। तर सात्विक भोजन पनि आवश्यक मात्रभन्दा अत्याधिक मात्रामा ग्रहण गरिएमा  शरीरमा धेरै भार पर्न जान्छ  त्यसकारण  शारीरिक आलस्यता हावी भई मानसिक तनावको साथमा तामसिक प्रवृत्ति देखा पर्न थाल्छ।

  1. के तपाईँलाई अत्याधिक मसालेदार…, अति तातो…, अति पिरो…, अति नुनिलो…, अति टर्रो…, अति तितो…, अति सुख्खा…, तारेभुटेको…,  या अति चिसो खानेकुरा मन पराउनुहुन्छ…, के तपाईँको दैनिक भोजनमा यस्तै भोजन अन्तर्गत पर्दछ…,   यदि पर्दछ भने बेलैमा सचेत रहनुहोस् …, 

 

  1. कट्वम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः।
    आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः ॥9॥
  2. कटु-कड़वे; अम्ल-खट्ट; लवण-नमकीन; अति-उष्ण-अत्यन्त गर्म; तीक्ष्ण-चटपटे; रूक्ष-शुष्क; विदाहीनः-दाहकारक; आहाराः-भोजन; राजसस्य रजोगुणी व्यक्ति के; इष्टाः-प्रिय, दुःखः-पीड़ा; शोक-दुख; आमय-रोग; प्रदाः-उत्पन्न करना।
  3. BG 17.9: अत्याधिक तीतो, टर्रो, नुनिलो,  तातो,  पिरो,  सुख्खा तथा  खुर्सानी युक्त…,  दाहकारक व्यंजन…,  रजो गुणी व्यक्तिहरुको प्रिय लाग्दछ…,  यस्तो आहारको कारण पीड़ा, दुख दर्द…,  एवं रोग उत्पन्न हुन जान्छ…, । यस्तो भोजन शरीरमा उत्तेजना…,  र विषाद उत्पन्न गर्दछ…,  र अन्तमा पुरै शरीरलाई अस्वस्थ बनाएर…,  अन्ततः रोग प्रदान गर्दछ…,  । राजसिक प्रवृत्तिको भोजन पश्चात्…,   शारीरिक तापमान बढ्दछ…, ,  रक्तसंचार तीव्र हुन जान्छ,  मुटु एवं श्वासको गति बढ्दछ…,  शारीरिक भारीपन बढ्दछ…,  पुरा तन्किएको धनुषको प्रत्यञ्चा जस्तै…,  शरीरमा तनाव कायम रहन्छ…,  र मानसिक रूपमा गहिरो अस्थिरता…,  एवं अशान्ति कायम रहन्छ।  त्यसकारण यी सबै दुष्परिणामबाट बस्नु छ भने राजसिक आहारबाट आफूलाई टाढै राख्नुहोस्।  तब मात्र तपाईंको जिन्दगी स्वस्थ र शानदार बन्दछ।
  4. गृहस्थ जीवन,  शारीरिक स्वास्थ्य र सामर्थ्य… प्रेम र भावनात्मक संवेदनशीलता… एवं आर्थिक प्रचुरता र कामना पूर्ति जस्ता…  मुख्य आधारमा मजबुत भएको हुन्छ…   र यो सबै परिपूर्ति गर्नको लागि तपाईँले सात्विक भोजनबाट… आफ्नो जीवनमा पहिलो क्रान्ति…   किचनबाट नै सुरु गर्नुपर्छ…  तब मात्र तपाईँले आफ्नो शरीरलाई सुस्वास्थ्य एवं सामर्थ्यवान… , र भावनालाई प्रेममय एवं संवेदनात्मक… स्थितिमा राख्न सक्नुहुन्छ…   अनि त्यसपछि आर्थिक समृद्धि  एवं प्रत्येक कामनापूर्ति…   सहजै हुन जान्छ । र तपाईँको गृहस्थी जीवनले …  परिपूर्ण अनुभव पाउँछ । सात्विक भोजन एवं सात्विक जीवनको कारण…  तपाईँको  बुद्धि एवं बोध हरपल हरक्षण प्रखर रहन्छ…  र गृहस्थ जीवनको सार असार सहजै देख्न सक्नुहुन्छ… गृहस्थ जीवनको सार्थकता कहाँसम्म छ…  तपाईँलाई गृहस्थ जीवनको सीमा  प्रष्ट रुपमा देखा पर्दछ…  यसरी तपाईँको गृहस्थ जीवन पूर्ण भएर…,   आध्यात्मिक जीवनको सुरुवातको लागि… तत्पर स्थितिमा पुग्नुहुनेछ … 
  5. गृहस्थ जीवनको पूर्णता तब मात्र हुन्छ … जब गृहस्थ जीवनबाट आध्यात्मिक जीवन सुरु हुन जान्छ… 
  6. यदि तपाईँ राजसिक भोजन र राजसिक जीवनचर्यामा…, जीवन व्यतित गर्नुभयो भने…, यही जिन्दगी तपाईँको लागि लत बन्न पुग्छ…,अनि शारीरिक भोग विलासमा  लिप्त हुँदाहुँदै …,  शारीरिक कमजोरी एवं शरीरमा रोग देखा पर्न जान्छ…, शारीरिक कमजोरी एवं रोगको कारण पहिलेको भोग्य वस्तुहरू…,  अब सिधै शारीरिक रोगको वृद्धि गर्न थाल्छ…, स्वस्थ हुनुछ भने भोग्य पदार्थ त्याग्नै पर्ने हुन्छ …,  तर वर्षौंदेखि चलिआएको आदतको कारण …, भोग त्याग्न अत्यन्त कठिन हुन्छ…,अन्ततः शारीरिक भोगको लत एवं शारीरिक रोगबीच  सङ्घर्ष उत्पन्न  हुन पुग्छ…, 
  7. यसरी जीवन पर्यन्त भोगको दौड कायम रहिरहन्छ…, र साथमा रोगको प्रतिस्पर्धा पनि कायमै रहन्छ …,   अनि रोग र भोगको द्वन्द हेर्दाहेर्दै…, जिन्दगी जीवनको किनारामा पुगिसकेको हुन्छ । राजसिक भोजनको  उत्तेजनात्मक तनावको कारण…,  गृहस्थ जीवनको  भोगमय सीमितता…, प्रष्ट रूपमा देख्न सक्दैन…, गृहस्थी जीवन जसोतसो सम्हालिए पनि गृहस्थी जीवनले पूर्णता भने पाउन सक्दैन…, अर्थात् गृहस्थ जीवनको परिपूर्ण शिखरमा पुग्न नसकेको कारण…, आध्यात्मिक जीवनको सुरुवात हुन अत्यन्त दुष्कर हुन जान्छ…, 
  8. यदि तपाईँ तामासिक भोजन…,  एवं तामासिक जीवनचर्यामा…,  आफ्नो जीवन व्यतीत गर्नुहुन्छ भने…, तपाईँको स्वास्थ्यको एवं ऊर्जाको स्तर…, अत्यन्त न्यून  स्थितिमा रहन्छ…, अनि आलस्य, निद्रा एवं अन्योलग्रस्त मानसिक स्थितिको कारण…, गृहस्थ जीवनलाई नै राम्रोसँग चलाउन…,दुष्कर भइरहेको हुन्छ…, यसरी गृहस्ती जीवनमा नै परिपूर्णता नभएपछि…,  तमगुणको प्रभावको कारण आध्यात्मिक जीवनको द्वार अँध्यारोमा नै रहन्छ…, र यही अँध्यारोमा नै छामछाम छुमछुम गर्दागर्दै…, जिन्दगी जीवनको किनारमा पुगिसकेको…,  भनक पनि पाउँदैन।  
  9. अन्ततः सारंशमा भन्नुपर्दा…, सात्विक आहारबाट… सात्विक जीवनको …सुरुवात हुन्छ…,। सात्विक गुणको प्रभावको कारण… प्रखर बुद्धि र बोध कायम रहन्छ…, प्रखर बुद्धि र बोधको सहारामा…,  गृहस्थी जीवनको शिखरसम्म पुगेर…, गृहस्थ जीवनको सार-असार…,  व्यर्थता  र सार्थकता…, गृहस्थीको पूर्णता र गृहस्थीको सीमा…  प्रष्ट रुपमा दृष्टिगोचर हुन हुन जान्छ…, अनि त्यसपछि गृहस्थी जीवनपूर्ण गरी… गृहस्थीको सीमा पार गर्दै…,  तब आध्यात्मिक जीवनको सुरुवात हुन जान्छ
  10. यहाँ राजसिक एवं तामसिक भोजन गर्ने र राजसिक एवं तामसिक प्रवृत्तिमा  जीवन व्यतित गर्ने  व्यक्तिहरू आध्यात्मिक हुनै सक्दैनन् भन्न खोजेको भने बिल्कुल हैन । गृहस्थी जीवन चलाउनै सक्दैनन्…, भन्न खोजेको पनि हैन…, । 

गृहस्थ जीवनलाई पनि…, सामान्य रूपमा चलाउन सक्छन्…, धार्मिक रीतिरिवाज पनि…, परम्परागत रूपमा पालन गर्न सक्छन्…, 

 जसरी…, गुलाफ फुलेर सुगन्ध छरेपछि…,  गुलाफको सार्थकता प्रत्यक्ष हुन्छ …, त्यसैगरी गृहस्थीको जीवन…, सम्पूर्ण गृहस्थ जीवनको सीमाको अतिक्रमण गरी …, आध्यात्मिक खोजको लागि तत्पर बन्दछ…, तब मात्र गृहस्थ जीवनको सार्थकता…, या भनौं पूर्णता  प्रत्यक्ष हुन आउँछ । 

 

  1. अतः गृहस्थी जीवनलाई  स्वस्थ… एवं शानदार बनाउनु छ भने… क्रान्तिको सुरुवात किचनबाट गर्नुहोस्…,  सात्विक एवं यौगिक आहारसम्बन्धी…, विशेष भिडियोको उपहारको साथमा…,   आगामी भिडियो मार्फत अवश्य प्रस्तुत हुनेछु। 
  2.  भिडियो कस्तो लाग्यो…,  सल्लाह सुझाव एवं प्रतिक्रिया…, कमेन्टको माध्यमबाट अवश्य राख्न सक्नुहुनेछ…,  कमेन्टको माध्यमबाट आफ्नो उत्तम विचार…,  एवं उत्तम सल्लाह सुझाव…,  व्यक्त गर्न  सक्नुहुनेछ …,  
  3.  तपाईंको किचनबाट क्रान्तिको सुरुवात…, एवं तपाईँको सात्विक जीवनको अवलम्बन…, यस भिडियोको उपलब्धि हुनेछ धन्यवाद…,  हरि ओम तत्सत् 
Nikhil Niranjan Pradip

Nikhil Niranjan Pradip

ऋषि वही ब्रह्मज्ञान सिवाय और कुछ लिखता ही नहीं गुरु वही ब्रह्मचैतन्य सिवाय और कुछ दिखाता ही नहीं प्रेम वहीं जहां प्रीतम के सिवाय और कुछ दिखता नहीं भक्ति वहीं जहां भगवान सिवाय और कुछ दिखता नहीं .....साधक सच्ची वही... लक्ष्य जिसकी सर्वज्ञ चैतन्य सिवाय कुछ भी नहीं... जय गुरुदेव...! जय गुरुदेव...!! जय गुरुदेव...!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *