Soldier Loves to Unknown Princess Story & Devotee Loves to Unknown God

Soldier Loves to Unknown Princess Story & Devotee Loves to Unknown God

Soldier Loves to Unknown Princess Story

A Soldier Loves to Unknown Princess Story & Devotee Loves to Unknown God. Here, this is story tells that , as the unknown princess accepts all gifts of the Soldier Even she has no necessary of anything elseSince she is princess.

अत्यन्तै बहादुर,अदम्य साहसी, निर्भय एक सैनिक जसको लागि अगाडि जुन काम थियो, त्यही नै उसको जीवनको लक्ष्य बन्दथ्यो, निर्भयता र पूरा लगन नै उसको सफलताको आधार थियो ।

 सैनिकको आफ्नो जीवनअनाथालयबाट सुरु भएको कारण उसको लागि आफ्नो र आफन्त घरपरिवार भन्ने कोही थिएन । त्यसकारण उनी आफ्नो काममा पुरै ज्यानको बाजी लगाउन सक्थे, पुरै राज्यमा उनको ख्याति, मानसम्मान, अदम्य साहस र सफलताको पात्रको रुपमा प्रख्यात भएको थियो ।

एकदिन सैनिक आफ्नै राज्यको एक अत्यन्त सुन्दर अनि सुशील नवयौवन षोडशी सुकुमारी युवतिको प्रेममा पर्छन् ।

 

 सैनिक अनाथ भएको कारणले गर्दा उसको आफ्नो आफन्त सबैभन्दा प्रिय व्यक्ति भनेको नै त्यही षोडशी युवती थिइन् ।

षोडशी युवतीले, आफ्नो नाम बाहेक पुरा परिचय नवजवान सैनिकबाट गुप्त नै राखेकी हुन्छन् ।

नवजवान सैनिक षोडशी युवतिसँग आफ्नो प्रेम जाहिर गर्दै भन्छन् ।

 मनको रानी बनाएर, राखी सकेको छु, हृदयमा तिमीलाई ,।

घरमा पनि रानी बनाई, राख्छु म सधैँ नै, प्यारी तिमीलाई, ।।

मेरो तन मन धन यौवन सारा जीवन समर्पित छ तिम्रै लागि,केवल तिम्रै लागि ।।।

यसरी आफ्नो अधिकार र भएका सम्पूर्ण कुरा आफ्नो प्रेमीलाई अर्पण गर्छन् ।

वास्तवमा षोडशी सुकुमारी युवति त्यही राज्यको राजकुमारी हुन्छिन् । राजकुमारी सैनिकले अर्पन गरेको कुराहरु भन्दा, आफूलाई कति प्रेमपूर्वकअर्पन गर्दैछन् यसैमा प्रसन्न हुन्छिन् ।  

राजकुमारीको आफ्नै राजदरबारको भव्य महलमा नै रहेको भएतापनि प्रेमपूर्वक दिन खोजिएकोआफ्नो प्रेमीको सानो झोपडी दरबारको महलभन्दा रोचक र प्रिय लाग्छ । किनकि प्रेमपूर्वक दिन खोजिएको थियो ।

सैनिकलाई प्रेमपूर्वक दिएको झोपडी, सैनिकको आएको पुरै तलब, मिठो खानेकुरा र उपहारहरु, राजकुमारी सप्रेम स्वीकार गर्छिन् । नवजवान युवक सैनिक आफ्नो तनमनधन अनि जीवनको सम्पूर्ण पुंजी  षोडशी सुकुमारी युवतिको लागि समर्पित गर्छन् ऊसँगै राज्य थियो जति थियो सबै समर्पण गर्छन् ।

सौम्य सुकुमारी र सैनिक नवजवान युवकको प्रेम तीन होइन सम्मकाे गुप्त रुपमा नै जारी रहन्छ ।

तीन महिनापछि सैनिक युवकको विवाहको प्रस्ताव आइसकेपछि युवती विवाह को तिथि मिति निर्धारित गरेर निर्धारित स्थानमा आउनु  हाम्रो विवाह अत्यन्तै ठूलो Surprize दिनेछु भनेर युवती विदाई हुन्छिन्  ।

निर्धारित स्थानमा विवाहको कपडा लगाएर युवक पुग्दा त्यहाँको भव्य माहोल देखेर आश्चर्यचकित हुन्छन् ।  आफ्नो पाइला अगाडि बढाउदै निर्धारित स्थानमा पुग्छन् र विवाहकै समयमा थाहा हुन्छ, षोडशी सुकुमारी त्यही राज्यकै राजकुमारी रहेछन्, र विवाह राजकीय विधानको साथ सम्पन्न हुन्छ ।

किनकि  राजकुमारी आफ्नो पिताश्री,  राजाको आज्ञाअनुसार नै योग्य जीवनसाथी  खोजे के  हुन्छिन् । उक्त  राज्यमा राजकुमार नभएको कारण, उनी राजकुमार एवं राजा पछिको भावीराजा हुन जान्छ।

Devotee Loves to Unknown God

विवाहको अन्तिममा राजकुमारी  आफूले पाएको जीवनको सबैभन्दा सुन्दर सन्देश ब्यक्त गर्छिन ।

हरदिन मन्दिरमा जाँदा म सोच्ने गर्थेँ ।

भगवानलाई सुगन्धित फूल चढाउनुको औचित्य के छ र ? 

यो भन्दा त बोटमा नै फुललाई सुन्दर देखिन्छ,  धेरै समयसम्म जीवन्त रहिरहन्छ, फुललाई टिप्नु पनि हिंसा भएन र !?

भगवान नै शक्तिशाली र परिपूर्ण भएपछि भगवानलाई विभिन्न,सुगन्ध, फलफूल, पञ्चामृत, आदि पुजा सामग्रीहरू चढाउनु, अर्पित गर्नुको औचित्य के छ र !!? 

यस्ता अनेकौ सन्देहहरूको समाधान आज पाएको छु… !!!

 

मलाई मेरो प्रेमी नवयुवक सैनिकको सम्पूर्ण धन, झोपडी, उपहारका सानातिना कुराहरु कति पनि आवश्यकता थिएन किनकि म राजकुमारी थिए मलाई सबै सहजै प्राप्त हुन्छ ।तर पनि  मेरो प्रेमीले दिएको सम्पूर्ण कुरा मैले सप्रेम प्रसन्नता पुर्वक स्वीकार गरे, किनकी उनको प्रेम भावना जाहेर गर्ने यही माध्यम थियो । प्रेम भावना व्यक्त गर्ने  उपाय थियो,र मलाई प्रेम स्वीकार गर्ने माध्यम थियो, 

राजदरबारमा सहजै प्राप्ति भएको कुरामा यती आनन्द र प्रसन्नता  मैले कहिल्यै प्राप्त गरेकी थिईँन ।

 

भगवानलाई ,फूल, अक्षता, चन्दन, फलफुल, पञ्चामृत, आदि विभिन्न पूजा सामग्रीहरू चढाउनुको के फल प्राप्ति हुन्छ त्यो त मलाई थाहा छैन… तर चढाउनु को औचित्य भने आज भगवान र भक्तको बिचमा प्रेमको जाहिर गर्ने माध्यम रहेछ, । भक्तहरूको प्रेमलाई प्रभु सम्म पुर्याउने पुष्पक विमान रहेछ सम्पूर्ण पूजाको विधि विधान भन्ने बुझेँ, आफ्नो प्रेम जीवनको अनुभवबाट

 

म चतुर्वेदी विद्वान पण्डित पनि हैन त्यसकारण पूजाको विधि विधानको ज्ञान पनि छैन ।

म रिद्धिसिद्धि हासिल गरिसकेको सिद्धपुरुष पनि होइन, त्यसकारण पुजा साधना आराधना आदिबाट कसरी रिद्धि सिद्धि प्राप्त हुन्छ त्यो पनि थाहा छैन ।

म ईश्वरसँग एकाकार भइसकेको सायुज्यता प्राप्त गरेको सिद्ध भक्त पनि हैन त्यसकारण भक्तिको मूल मर्न पनि थाहा छैन ।

 म त प्रभुको समान्य सच्चा प्रेमी हुँ , त्यसकारण सम्पूर्ण पुजा को विधि विधान, भजनकीर्तन आराधना आदिलाई भक्त बनेर आफ्नो प्रेमलाई जाहिर गर्ने सर्वसुलभ माध्यमको रूपमा उपयोग गर्दछु ।

धन्यवाद …!!!

Nikhil Niranjan Pradip

Nikhil Niranjan Pradip

ऋषि वही ब्रह्मज्ञान सिवाय और कुछ लिखता ही नहीं गुरु वही ब्रह्मचैतन्य सिवाय और कुछ दिखाता ही नहीं प्रेम वहीं जहां प्रीतम के सिवाय और कुछ दिखता नहीं भक्ति वहीं जहां भगवान सिवाय और कुछ दिखता नहीं .....साधक सच्ची वही... लक्ष्य जिसकी सर्वज्ञ चैतन्य सिवाय कुछ भी नहीं... जय गुरुदेव...! जय गुरुदेव...!! जय गुरुदेव...!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *